राजदूत खतिवडा र अमेरिकी अधिकारीबीच खोपबारे कुराकानी |

काठमाडौं । अमेरिकाबाट कोरोना खोप ल्याउने सम्बन्धमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र अमेरिकी विदेश मन्त्रालयको उप–सहायक मन्त्री राउरा स्टोनबीच कुराकानी भएको छ ।
कुराकानीको क्रममा नेपालले कोरोना खोपका सम्बन्धमा अमेरिकी सरकारलाई गरेको आग्रह र अन्य स्वास्थ्य सामाग्रीहरुको बारेमा कुराकानी भएको नेपाली दूतावसाले जानकारी दिएको छ ।
राजदूत खतिवडाले अमेरिकी सरकारले कोरोना महामारी नियन्त्रणमा अमेरिकाले गरेको सहयोगको प्रशंसा गरेका थिए ।