नेपाल इन्स्योरेन्स कम्पनीको ७१औं वार्षिकोत्सव, २० वर्ष सेवा गर्नेलाई दीर्घ सेवा पदक |
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले २० वर्ष सेवा अवधि पूरा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरेको छ ।
सो अवसरमा कम्पनीमा कार्यरत कर्मचारीहरूमध्ये उत्कृष्ट काम गर्ने ३ जना कर्मचारीलाई ५० हजार १ रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको छ ।
कम्पनीले प्रधान कार्यालयलगायत देशका ३३ वटा शाखा कार्यालयहरू र २४ वटा बीमा सेवा काउण्टरहरूबाट बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आधुनिक बीमाका सुविधाहरु सुरक्षित र सरल रुपमा ग्राहकसम्म पु¥याउनका लागि नवीनतम प्रविधिको प्रयोग गरी व्यापक सञ्जाल बिस्तार गर्दै आएको छ ।