ह्वावेले महामारीको समयमा बंगलादेश र नेपाल सहित बिभिन्न देशका ग्राहकहरुसँग निकटमा रही काम गर्दै |
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि सोलुसन र सेवा प्रदायक ह्वावेले महामारीको समयमा बंगलादेश र नेपाल सहित बिभिन्न देशका ग्राहकहरूसँग निकटमा रही काम गर्दै आएको जनाएको छ ।
ह्वावेले एक भर्चुअल कार्यक्रमको आयोजना गरी ग्लोबल आईसीटी क्षेत्रमा हालसालै भएको विकास र यसमा ह्वावेको योगदानबारे चर्चा गरेको थियो । सेही अवसरमा महामारीको बेला नेपाल र बंगलादेश सहितका देशका ग्राहकसँग निकट रही काम गर्ने जनाएको हो ।
उक्त भर्चुअल कार्यक्रममा उपस्थित अतिथिहरूले डिजिटाइजेसनबाट सिर्जित प्राविधिक प्रगतिहरू जस्तै फाइभजी टीओबी स्मार्ट म्यानुफ्याक्चरिङ, स्मार्ट पुलिस, स्मार्ट पोर्ट, स्मार्ट सिटी र ओटीएन अल्ट्रा–फास्ट फाइनान्सियल प्राइभेट लेन टुरको बारे जानकारी दिइएको थियो ।
बंगलादेश र नेपालका पत्रकारहरूहरु सम्मिलित उक्त कार्यक्रममा ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जे चेनले २०२० को वर्ष सबैको लागि कठिन रहेको बताए । उनले प्रविधिले महामारीको बिरूद्ध लड्न र आर्थिक रिकभरीलाई तीव्र पार्न गम्भिर भूमिका खेलेको बताए ।
चुनौतीका बावजुद पनि कम्पनीले ग्राहक र साझेदारहरुसँग काम गरीरहेको बताए । बंगलादेश र नेपाल जस्ता राष्ट्रहरूले यो गतिलाई निरन्तरता दिन उल्लेखनीय प्रगति देखाउँदै गरेको उनले बताए ।
तीव्र डिजिटल रुपान्तरणबाट गुज्रिरहेको देश नेपाल दक्षिण एसियाली क्षेत्रमा थ्रीजी युगमा टेलिकम क्षेत्रका लागि अग्रणी स्थानमा रहेको थियो । त्यसैले, एक पटक नेपालले फाइभजी क्लब प्रवेश गर्न सुरु गरिसकेपछि यसले नेपालको सम्पूर्ण टेलिकम उद्योगलाई बढी विश्वास दिनेछ ।