ज्योति विकास बैंकको साधारणसभा असोज २९ गते, बोनस ८.४ प्रतिशत दिने |
काठमाडौं । ज्योति विकास बैंकको ११औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट ८.४ प्रतिशत अर्थात् २१ करोड ८० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले ज्योतिले हाम्रो विकास बैंकलाई गरेको प्राप्तिको प्रस्ताव, सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) बाट तय भएको १ बराबर १ शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) लाई समेत सभाले पारित गर्नेछ ।
सभाले संस्थापक स्वामित्व घटाएर ५१ प्रतिशतमा झार्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । बाँकी ९ प्रतिशत संस्थापक शेयरलाई साधारणमा परिणत गर्ने प्रस्ताव सभामा पेश हुने बैंकले जानकारी दिएको छ ।