गोदरेजले ल्यायो दशैं तिहार अफर, हरेक खरिदमा २० प्रतिशत क्यास व्याक |
काठमाडौं । घरायसी सामाग्री विक्री गर्ने प्रतिष्ठित ब्राण्ड गोदरेजले दशै तिहारलाई लक्षित गरेर क्यास व्याक अफर ल्याएको छ । गोदरेजले दशैं तिहारको उपलक्ष्यमा हरेक खरिदमा २० प्रतिशत क्यास व्याकको अफर लिएर बजारमा आएको हो ।
यो सरल क्यास व्याक अफर हो जुन हरेक गोदरेजका सम्पूर्ण घरायसी सामाग्रीहरु रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र चेष्ट फ्रिजरको खरिदमा प्राप्त गर्न सकिनेछ । गोदरेजका एयर कन्डिसनरहरुमा फ्रि इन्स्टलेशन रहेको छ ।
यो योजना २०७५ असोज ७ गते देखि नेपालभरि सिमित अवधि सम्म लागु हुनेछ । गोदरेज विश्वस्तरीय डिजाईन र सुविधा सम्पन्न उत्पादनहरुको लागि प्रख्यात छ । गोदरेजले लामो समय देखि नेपाली ग्राहकहरुको आवश्यकता अनुसारको उत्पादन गरिरहेको छ र विश्वसनियता प्राप्त गरिरहेको छ ।
नेपालका लागि गोदरेजको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको ईओएल रहेको छ ।