पशुपतिको ‘सारंगी र्याेई र्याई ’ लाई २० लाख बढी भ्यूज |
काठमाडौं । युटुब र टिकटकमा विगत केही समयदेखि खुबै रुचाइएको एउटा गीत हो, गायक पशुपति शर्माको, ‘सारंगी र्या ई र्यायई ’ । पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको गीत सार्वजनिक भएको छोटो समयमै २० लाख बढी भ्यूज पाउँदै ट्रेन्डिङ १ मा छ । यो गीतमा धेरैले टिकटक पनि बनाएका छन् ।
यो गीत हाँस्य शैलीमा तयार पारिएको छ । गायक शर्माको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा मोडल करिश्मा ढकाल र गायक शर्माको अभिनय छ । भिडियोमा कलाकारहरु हाँस्य शैलीमै प्रस्तुत छन् ।
पशुपतिले यसअघि केही मार्मिक गीतहरु सार्वजनिक गरेका थिए । तर, ती गीतले उल्लेख्य भ्यूज पाएका थिएनन् । हाँस्य व्यङ्ग्य खालका गीतलाई भने स्रोता दर्शकले रुचाउँदै आएका थिए ।
प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् ।