नबिल बैंकका कार्ड होल्डरलाई ग्राण्डीमा छुट |
काठमाडौं । नबिल बैंक लिमिटेड र ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतअनुसार अब नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले उक्त अस्पतालमा ७.५ प्रतिशत छुट पाउने भएका छन् ।
विषेश छुट बाह्य सेवा, औषधि तथा चिकित्सकीय सामग्री र स्वास्थ्य केन्द्रको सुस्वास्थ्य प्याकेज बहिरङ परामर्श शुल्कबाहेक अन्य सम्पूर्ण सुविधामा लागू हुने बैंकले जानकारी दिएको छ ।
नबिल बैंकले ७४ वटा शाखाको सञ्जाल, ११८ वटा एटीएमहरूको संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेण्टहरूका साथ वित्तीय सेवा दिइरहेको छ ।