नेपालमा कोभिडको भारतीय भेरिअन्ट भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि |
काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरिअन्ट भेटिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशका विभिन्न भागबाट गत हप्ता सङ्कलन गरिएका कोभिड–१९ सङ्क्रमितहरूका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा भारतस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा ३४ वटा नमुनामा बी.१.६१७.२ भेरिअन्ट र एउटा नमुनामा बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको मन्त्रालयले बताएको छ ।
’’यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट रहेको पुष्टि भएको छ,’’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय भेरिअन्टको नामले पनि चिनिने यो भेरिअन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २०२१ मेमा विश्वव्यापी चिन्ताको भेरिअन्ट भनी वर्गीकरण गरेको मन्त्रालयले जनाएको छ ।