नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले खत्रीलाई सीईओ नियुक्त गरेका हुन् ।
कम्पनीको सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी समितिसँग सैद्धान्तिक सहमतीको लागि पठाएको थियो।
गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।
भारतकाे बैङगलोरबाट एमबिए गरेका खत्रीसँग बीमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव छ ।