डावर सार्कका हेड एचएस वेदी र इसिमोडका महानिर्देशक डेभिड मोल्डेनद्धारा एम्ओयुमा हस्ताक्षर |
काठमाडौं । डावर नेपाल र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बीच राष्ट्रिय हितमा आधारित दिगो विकास सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुने बताइएको छ । प्रस्तावित डावर र इसिमोड वीचको साझेदारीले दीगो पर्वतीय विकासमा मद्वत पुग्नेछ ।
समझदारीपत्रमा इसिमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेन र डावरका सार्क विजनेस हेड श्री एचएस वेदीले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरेका थिए । ललितपुर धापाखेल स्थित इसिमोडको कार्यालयमा भएको हस्ताक्षर समारोहमा इसिमोडका उपमहानिर्देशक डा. एकलव्य शर्मा , स्ट्रेटेजिक कर्पोरेसनका निर्देशक वसन्त श्रेष्ठ , प्रशासन र अर्थ निर्देशक शेखर घिमिरे र डावरका तर्फ बाट एग्रो विजनेस विभागका प्रमुख डा. पंकज प्रसाद रतुरीको उपस्थिति थियो ।
यो समझदारीले पहाडी क्षेत्रको जीवन पद्धतिमा सुधार ल्याउने उपायहरुलाई महत्व दिने छ । जसमा माहुरी पालन, जडिबुटी खेती, कृषिमा आधारित वनको विकासका विभिन्न योजनाहरु निर्माण, क्षमता विस्तार र प्रविधि हस्तान्तरण गरिने छ । यसका अतिरिक्त दक्षताको विकास, सूचनाको आदानप्रदान र संयुक्त कार्यक्रमहरुलाई पनि समझदारीको परिधिमा राखिएको छ ।
डाबर नेपाल र इसिमोडका बीचमा सन् २००२ देखि पारस्परिक सहयोगको क्षेत्रमा आपसी सम्बन्ध स्थापनाहँुदै आएको छ । औषधिजन्य जडिबुटीको क्षेत्रमा नयाँ नयाँ उपलब्धि हासिल गरिएको छ । यस्तै अन्य संयुक्त आयोजनाद्धारा सञ्चालन गरिएको जडिबुटिको महत्व तथा सुगन्धित जडिबुटिकोको बारेमा नेपालका विद्यार्थीहरु लाई जानकारी प्रदान गरेको छ ।
इसिमोडले उपलब्ध गराएको गोदावरीको जग्गामा डावर नेपालले सन् २०१३ देखि जडिबुटि उद्यान्न विकसित गरेको छ । विश्वका विभिन्न भागबाट आएका हजारौँ दर्शकले उक्त उद्यान्नको अवलोकन गर्ने गरेका छन् ।