कैलाश विकास बैंकले एकै दिनमा खोल्यो तीन शाखा |
काठमाडौं । कैलाश विकास बैंकले आइतबार कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको वीरेन्द्रनगर तथा छिन्चुमा गरी तीन शाखा स्थापना गरेको छ ।
नयाँ शाखासहित बैंकको शाखा संख्या ७० पुगेका छ भने बैंकको एटीएम संख्या २६ पुगेका छ । बैंकले छिट्टै बाँंकेको नेपालगन्ज, दाङको तुल्सीपुर, झापाको बिर्तामोड, सुनसरीको धरान तथा अन्य ठाउँमा गरी २१ वटा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रहेको छ ।