हस्कभर्नाको भेक्टोर ई–स्कुटरको अनावरण |
हस्कभर्नाले नयाँ विद्युतीय स्कुटर हस्कभर्ना भेक्टोरको कन्सेप्ट भर्जन सार्वजनिक गरेको छ । यो हस्भर्नाको पहिलो विद्युतीय स्कुटर हो ।
हस्कभर्नाले गत अप्रिलमा पहिलो पटक ई–पिलेन कन्सेप्टको भिडिओ टिजर सार्वजनिक गरेको थियो ।
भेक्टोरको बाहिरी आवरण स्टाइलिस र स्पोर्टी छ। स्कुटर पूर्णतया नयाँ अवधारणमा तयार भएको छ । यसको आफ्नै पृथक डिजाइन छ ।
यो विद्युतीय स्कुटर बजाज चेतक इलेक्ट्रिक स्कुटरमा आधारित छ ।
स्कुटरको अगाडिको भागमा हस्भर्नाको सिग्नेचर स्टाइलको गोलो एलइडी हेडल्याम्प छ । यसको अन्य बनावटहरू पनि गोलाकार धारमा डिजाइन गरिएको छ । कालो र सेतो रंगको संयोजन र अलोय ह्विलको बाहिरी भागमा खिचिएको चम्किलो पहेंलो रंगको आउटिङले स्कुटरलाई निकै आकर्षक देखाएको छ ।
भेक्टोरको अवधारणा झट्ट हेर्दा सरल र चाखलाग्दो देखिन्छ ।
कम्पनीका अनुसार यसको टप स्पिड ४५ किलोमिटर प्रति घण्टाको हुनेछ । एक पटक गरेको चार्जमा यो ९५ किलोमिटरसम्म चल्छ। भन्नाले झन्डै ५९ माइल्स गुड्ने क्षमता हुनेछ। स्कुटर शहरी क्षेत्र केन्द्रित हो ।
हस्कभर्नाको भेक्टोर ई–स्कुटर सन् २०२२ मा सार्वजनिक हुने अनुमान लगाइएको छ। यो स्कुटर बजाज पाइरर मोबिलिटी योजना अनुरुप बजाजको कारखानामा उत्पादन हुँदैछ ।