रियलमी बन्यो युरोपको सफल स्मार्टफोन, वार्षिक १८३ प्रतिशत बजार वृद्धि |
विश्वमा तीव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बनेको छ ।
काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइल फोन बिक्री गरेको छ ।
विश्वका १३ देशमा बिक्री हुने मोबाइल फोनमध्येमा शीर्ष ५ स्थानमा आफुलाई स्थापित गर्दै पहिलोपटक तीन युरोपेली मुलुकमा टप ४ विक्रेताका रुपमा रियलमी देखिएकोे क्यानालिस ग्लोबल स्मार्टफोन रिपोर्टले जनाएको छ ।
सन् २०१९ देखि युरोपेली बजारमा आफ्ना उत्पादन पठाउन थालेको रियलमीले हरेक वर्ष तीव्र बजार विस्तार गर्ने कम्पनीका रुपमा आफुलाई स्थापित गरेको छ ।
पहिलो त्रैमासिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा १८३ प्रतिशतले बजार विस्तार गरेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ ।
क्यानिालिसको रिपोर्टमा चेक गणराज्य र ग्रीसमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गर्ने कम्पनीको चौथो नम्बरमा रियलमीलाई राखेको छ ।
यसैगरी बजार विस्तारको गतिलाई हेर्दा स्लोभेनियामा पनि रियलमी चौथो नम्बरमा छ भने रसियामा ५औँ ठूलो बजार वृद्धि गर्ने खेलाडीका रुपमा रियलमी देखिएको छ ।
क्यानालिसको सन् २०२१ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार चेक रिपब्लिकामा रियलमीले अघिल्लो वर्षको तुलनामा ४१०४ प्रतिशत र ग्रीसमा ४७७ प्रतिशतले निर्यात बढाएको छ भने रसियामा ६८२ प्रतिशतले आपूर्ति बढेको देखिएको छ ।
दक्षिणपूर्वी एसियामा रियलमी बजार विस्तारका हैसियतले उत्कृष्ट ठहरिदै फिलिपिन्समा २३ प्रतिशत बजार शेयर र ९५ प्रतिशतले वार्षिक वृद्धि गर्न सफल देखिएको छ ।
कम्बोडियामा वार्षिक वृद्धि ३७९ प्रतिशतले गरेको रियलमी इन्डोनोसिया र थाइल्याण्डमा दोब्बर अंकले बजार वृद्धि गरेर रेकर्ड राख्न सफल भएको छ ।
यसैगरी शीर्ष चार प्रतिस्पर्धीलाई पछ्याउँदै भारतमा रियलमी १२ प्रतिशत बजार वृद्धिका साथ पाँचौँ स्थानमा आफूलाई पार्न सफल देखिएको छ ।
रियलमीको प्रदर्शनीबारे कमेन्ट गर्दै क्यानालिसका उपाध्यक्ष निकोल पेन्गले पछिल्लो एक वर्षको अवधिमा औषतमा हरेक तीन महिनामा ४५ प्रतिशतले बजार विस्तार गरेको बताउँदै प्रशंसा गरेका छन् ।
क्यानालिसको रिपोर्टअनुसार भारत, ईन्डोनेसिया, बंगलादेश, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक गणराज्य, ग्रिस र स्लोभिया देशमा रियलमीको बजार माग उच्च देखिएको छ ।