ग्रामीण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद शेयर दिने |
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले एक बराबर ०.५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । संस्थाको विशेष साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
सभाले एक कित्ताभन्दा कम फ्र्याक्सनमा रहेका शेयरधनीहरूलाई कम्तीमा एक कित्ता हकप्रद शेयर प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
कम्पनीको पाजी संरचनामा संशोधन गर्ने र हकप्रद शेयर आवेदन गर्ने हक जुन समूहको शेयरधनी छ, त्यही समूहमा भर्न दिने प्रस्ताव पनि पारित भएको छ । हकप्रद शेयर निष्कासनपछि संस्थाको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्ने छ ।