एनसीसी बैंकको हकप्रद भर्ने म्याद १५ दिन थप | असोज २२ गतेसम्म भर्न पाइने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक ( एनसीसी) ले हकप्रद भर्ने म्याद १५ दिनको लागि थप गरेको छ । बैंकले यसअघि भदौ ४ गतेदखि असोज ७ गतेसम्म निष्कासन गर्ने सूचना प्रकाशन गरेकोमा बैंकको सञ्चालक समितिको बैंठकले असोज २२ गतेसम्म थप गरेको जानकारी दिएको छ ।
बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गरेको छ। प्रति शेयर एक सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गरिएको छ ।
हकप्रद आवेदनकालागि सनराइज क्यापिटल कमलपोखरी, बैंकको सम्पुर्ण शाखा कार्यालयहरु, आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमा पाइने बैंकले जानकारी दिएको छ ।
बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ भने हकप्रद पस्चात ७ अर्ब एक करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासनपछि बैंकले चुक्ता पूँजीको १४.०१ प्रतिशत बोनस शेयर दिने घोषणा गरिसकेको छ । बोनस शेयर जारी गरेसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ७० लाख रुपैयाँ पुग्नेछ ।