एनटिसिको नाफा घट्यो, प्रतिशेयर आम्दानी ५२ रुपैयाँ |
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ५ अर्ब ८९ करोड रुपयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा २२.१४ प्रतिशतले कम हो ।
यस अवधिमा कम्पनीको आम्दानी केहि बढेको भए पनि खर्च बढ्दा उसको नाफामा असर परेको हो ।
यस अवधिमा कम्पनीले ग्राहकहरुमार्फत २७ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा उसले २६ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको थियो जुन २.२९ प्रतिशतले बढेको हो ।
उसको अन्य आम्दानी भने केहि घटेको छ । यस अवधिमा कम्पनीले लगानी बढाएको देखिन्छ। गत वर्षको तुलनामा कम्पनीले १० प्रतिशतले लगानी बढाएर ६१ अर्ब ८६ करोड रुपैयाँ पुर्याएको छ ।
यस अवधिमा कम्पनीको सञ्चालन तथा मर्मत खर्च भने बढेको छ । गत वर्षको तुलनामा यस्तो खर्च १३ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेर ५२ रुपैयाँ ३६ पैसामा झरेको छ । यत वर्षको तैत मशान्तसम्ममा कम्पनकिो प्रतिशेयर आम्दानी ६७ रुपैयाँ २५ पैसा थियो ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ६५३ रुपैयाँ १२ पैसा छ भने मूल्य आम्दानी अनुपात २५ गुणा छ ।