नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क साढे आठ अर्ब माथि |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५३.६८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
सो अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २ करोड ७७ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्यबाट २ अर्ब १३ करोड ९६ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ३८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिसम्ममा इन्स्योरेन्सले बीमांकिय मूल्यांकन अघि ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.२० प्रतिशतले मात्रै बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ४० अर्ब २१ करोड ७९ लाख रुपैयाँ, जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ र महाविपत्ती कोषमा २९ करोड रुपैयाँ सञ्चित छ ।
कुल ९ लाख १७ हजार ९५० वटा बीमालेख कायम रहेको इन्स्योरेन्सले ८ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले १८ हजार १०८ वटा दाबी बापत २ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३८ करोड ७१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात ९१.०१ गुणा रहेको छ ।