शनिबार काठमाडौंमा साढे ८ लाख लिटर पेट्रोल बाडियो | अब अभाव अन्त्य हुने

काठमाडौं । नेपाल आयल निगमले शनिबार ठुलो परिणाममा काठमाडौं उपत्यका पेट्रोल र डिजले वितरण गरेको छ । निगमले थानकोट डिपोबाट शनिबारका लागि ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरेको जानकारी दिएको छ ।
ठुलो परिमाणको इन्धन काठमाडौं उपत्यकामा वितरण गरिएपछि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता अन्त्य गर्न सहयोग पुग्ने बताईको छ । चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले विदाको दिनमा समेत तेल वितरण गरेको हो ।