मेगा बैंकका गुल्मीका दुई स्थानमा शाखारहित बैंकिङ सेवा |
काठमाडौं । मेगा बैंक नेपालले गुल्मीका दुई स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
सो सेवाको मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रूपमा कारोबार उद्घाटन गरेका हुन् ।