इन्भेष्टमेन्ट बैंकको बाफलमा शाखा, न्यूरोडको शाखा बाफल पुर्याइयो |
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सोल्टी दोबाटो चोकस्थित बाफलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका हुन् ।
बैंकले विशेषत कलंकी तथा सितापाइलाआसपासका स्थानीयवासीलाई वित्तीय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्नका लागि न्यूरोडको मुन्चा हाउसमा संचालित शाखालाई वाफलमा स्थानान्तरण गरिएको बताएको छ । यससँगै अब बैंकको शाखा संख्या ७७ पुगेको छ । ग्राहक संख्या ८ लाख ७० हजारभन्दा बढी ग्राहक छन् । बैंकका १०३ वटा एटीएम काउण्टर रहेका छन् ।
५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजस्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७ सय ९० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम रहेका छ ।