किसान लघुवित्तको खुद नाफा १६२९.१३% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा किसान लघुवित्त मजबुत बनेको छ । यसअवधिमा खुद नाफालगायतका प्रमुख सूचकमा आकर्षक वृद्धि भएको छ । खुद नाफा १६२९.१३% ले बढेर ८ करोड ६६ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५० लाख ११ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा आकर्षक वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी ३४३.३९% ले बढेर २६ करोड ९१ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ६ करोड ७ लाख १२ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा पनि ४०२५.४२% ले बढेर ११ करोड ३२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २७ लाख ४५ हजार रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएको थियो ।
गत असारमा एनआरएन लघुवित्त वित्तीयले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीयलाई गाभेर एनआरएन लघुवित्त बनाएको थियो । पछि यसको नाम परिर्वतन गरेर किसान लघुवित्त बनाएको हो । ३ लघुवित्त गाभिएको कारण यो वर्ष किसान लघुवित्त थप मजबुत बनेको हो ।