प्रभु लाइफ इन्सुरेन्सको नाफा १४८.३३% ले बृद्धि |
काठमाडौं । केही महिना पहिले मात्रै आइपीओ जारी गरेको प्रभु लाइफ इन्सुरेन्सको नाफामा आकर्षक वृद्धि भएको छ ।
यसअवधिमा खुद नाफा १४८.३३% ले बढेर १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा जीवन बिमा कोष र खुद बिमा शुल्कमा पनि आकर्षक वृद्धि भएको छ ।
जीवन बिमा कोष १८१.९९% ले बढेर १ अर्ब ७६ करोड ५८ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोषमा ६२ करोड ६१ लाख ७२ हजार रुपैयाँ थियो । खुद बिमा शुल्क पनि ११५.६०% ले बढेर १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा छ ।