नेसनल माइक्रोफाइनान्सले गर्यो ४० प्रतिशत लाभांश प्रस्ताव |
काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
नेसनलको लाभांश गत वर्ष भन्दा बढेको हो । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिएको थियो । नेसनल माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यसमा २५ प्रतिशत बोनस सेयर वितरणपछि पुँजी १५ करोड ४ लाख ९५ हजार रुपैयाँ पुग्नेछ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ८ पैसा छ ।