सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा १८.६५% ले घट्यो |
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १८.६५% थोरै हो । गत वर्ष बैंकले ५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ४.५५% र १७.९४% ले घट्दा नाफा प्रभावित भएको छ ।
गत वर्ष १६ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो त्रैमासमा घटेर १६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा पनि ७ करोड २८ लाख रुपैयाँबाट घटेर ६ करोड ६ लाख रुपैयाँमा झरेको छ । चैत मसान्तसम्म ४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ८६ करोड कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ९ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा पनि १.६५% बाट बढेर २.८५% भएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २६ पैसा छ ।