सानिमा जनरल इन्सुरेन्सको जेठ ११ गते एजीएम, लगानीकर्तालाई भने छैन लाभांश |
काठमाडौं । सानिमा जनरल इन्सुरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा विहान १०ः३० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।
सभामा कम्पनीको नियमावली संशोघन गर्ने एजेन्डा पनि छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ । सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले वैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । यसर्थ, वैशाख २८ गतेसम्म कायम सेरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।