शाइन रेसुंगाको खुद नाफामा सुधार |
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४४ करोड ८३ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वषैको यसै अवधिमा कमाएको ४३ करोड ६७ लाख रुपैयाँ भन्दा २.६५% मात्र धेरै हो । बैंकको खुद ब्याज आम्दानी १०.८४% ले घटेपनि सञ्चालन नाफा २.७४% बढेको छ । जसका कारण खुद नाफामा झिनो मात्रामा भएपनि सुधार देखिएको हो ।
शाइनको निक्षेप संकलन तथा कर्जा लगानीमा भने पनि सुधार भएको छ । रिजर्भ कोष घटेपनि रिटेन्ड अर्निङ भारी मात्रामा बढेको छ । चुक्ता पुँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ ६६ पैसाले घटेर १७ रुपैयाँ ५४ पैसामा आएको छ ।
चुक्ता पुँजी वृद्धि भए अनुसार खुद नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा दबाब परेको हो । शाइन रेसुंगाको प्रतिसेयर नेटवर्थ भने १३८ रुपैयाँ ५० पैसा छ ।