गणपति माइक्रोफाइनान्सको खुद नाफा ५९.२३% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको खुद नाफा ५९.२३% ले बढेर २ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसैअवधिमा संस्थाले १ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि ७१.१२% ले बढेर ९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, सञ्चालन नाफा भने २ करोड ३७ लाख रुपैयाँबाट घटेर २ करोड १७ लाख रुपैयाँमा झरेको छ । यसको खराब कर्जा भने १.२८% बाट बढेर २.६९% पुगेको छ ।
चैत मसान्तसम्म प्रतिसेयर आम्दानी वार्षिक २६ रुपैयाँ ६६ पैसा (वाषिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३१ पैसा छ । गणपतिको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ र जगेडा कोषमा ३ करोड ९८ लाख रुपैयाँ छ ।