पश्चिम सेती निर्माणका लागि नयाँ मोडालिटी बनाउन उच्चस्तरीय समिति गठन |

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले ७५० मेगावाट जडित क्षमताको पश्चिम सेती जलविद्युत परियोजना निर्माण गर्न अनिच्छा देखाएको छ । अब उक्त परियोजना कसरी अगाडि बढाउने भनेर लगानी बोर्डले नयाँ मोडालिटी बनाउन एक उच्चस्तरीय समिति गठन गरेको छ ।
मंगलबार बसेको बोर्डको बैठकले अर्थमन्त्री डा.युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी गरी ३ जनाको उच्चस्तरीय समिति गठन गरेको हो ।
थ्री गर्जेजले निर्माण परियोजना समयमा निर्माण गन नसक्ने जानकारी दिए पछि उच्चस्तरीय समिति गठन गरिएको बताइएको छ । गठित समितिले परियोजना कुन मोडलमा बनाउने भन्ने निर्णय गर्ने छ । थ्री गोर्जेजसँग सन् २०१४ मा आयोजना निर्माण सुरु गरेर २०१९ को डिसेम्बरमा सक्ने समझदारी भएको थियो । समझदारी अनुसार आयोजनामा थ्री गोर्जेजको ७५ र प्राधिकरणको २५५ प्रतिशत लगानी रहने व्यवस्था थियो ।