ह्वावेले सार्वजनिक गर्यो पहिलो त्रयमासको वित्तीय विवरण, ३.८ प्रतिशतले नाफामा वृद्धि |
शेन्जेन । ह्वावेले २०२१ को पहिलो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रयमासमा ह्वावेले सीएनवाई१५२.२ बिलियन राजस्व संकलन गरेको छ । जुन वार्षिक रुपमा १६.५% ले घटेको कम्पनीले जनाएको छ ।
नोभेम्बर २०२०मा अनर स्मार्ट उपकरण ब्रान्ड बेचेको परिणाम स्वरूप उपभोक्ता व्यवसायको राजस्व घटेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो नेटवर्क व्यवसायले स्थिर रुपमा बृद्धि गरेको बताएको छ ।
ह्वावेको नाफा ३.८ प्रतिशतले बृद्धि भएको बताएको छ । जसमा वार्षिक ११.१% मा बृद्धि भएको जुन कम्पनीको संचालन र व्यवस्थापन दक्षताको सुधारका लागि चलिरहेको प्रयास साथै ६ सय मिलियन अमेरिकी डलरको रोयल्टी आयको परिणाम पनि भएको कम्पनीले जनाएको छ ।
ह्वावे फाइभ जीको भ्यालु पूर्ण रुपमा ल्याउने कोसिसमा छ ।