नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक असोज ११ गते हुने |

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । नेपाल र चीनबीच पहिलो पटक ऊर्जा संयन्त्रकोे बैठक यही सेप्टेम्बर २७ र २८ गते काठमाडौंमा बस्दैछ । चीनसंग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ ।
भेटमा उर्जामन्त्री पुनले संयन्त्रको बैठकमा अन्र्तरदेशिय प्रशारणलाइन र जलविद्यूत आयोजना निर्माणलगायतका विषयमा संयन्त्रको बैठकमा छलफल हुंदा त्यसले दुवै देशलाई फाइदा पुग्ने धारणा राखेका थिए । उनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै चिनियां लगानीकर्तालाई लगानीको वातावरण बनाईदिन आग्रह समेत गरे ।
सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा नेपाल र चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठक, ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र उर्जामन्त्रीको आगामी अक्टोवरमा हुन लागेको चीन भ्रमणको बिषयमा छलफल भएको थियो ।
नेकपाका स्थायी समिति सदस्य समेत रहेका ृर्जामन्त्री पुनले ग्रिड कनेक्सनसम्बन्धी विम्स्टेक सदस्य राष्ट्रहरुबीच भएको सम्झौताले बजार विस्तारमा टेवा पुगेकोे भन्दै चिनियां लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे । उनले सरकारको विकास र समृद्धीको सपनालाई पुरा गर्न पनि लगानी आवश्यक रहेकोमा जोड दिए ।
बंङगलादेशसंग भएको सम्झौताले समेत बजार विस्तारमा थप सहयोग पुग्ने भन्दै उर्जामन्त्री पुनले सार्क फ्रेमवर्क सम्झौताअनुसार बिजुलीको आयात र निर्यातमा कुनै समस्या उत्पन्न नहुने बताए ।