अख्तियार प्रमुखमा नवीन घिमिरेको अनुमोदन |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीन घिमिरे अनुमोदन भएका छन् । हाल उनी अख्तियारको कार्यवाहक प्रमुख रहेका थिय । संसदीय सुनुवाई विशेष समितिले आज बिहिबार उनलाई अनुमोदन गरेको हो ।
संवैधानिक परिषदले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत अनुमोदन भएका हुन् । बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा घिमिरेले आफ्नो कार्ययोजना पेश गरेका थिए ।