विजय लघुवित्त नाफामा ८२ प्रतिशतको वृद्धि |
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा विजय लघुवित्तले १० करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ८२.८८ प्रतिशतले बढोत्तरी भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ५ करोठ ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी र जोखिम ब्यवस्थापनको लागि छुट्याईएको रकम फिर्ता हुँदा लघुवित्तको नाफा उल्लेख्य सुधार हुनको लागि टेवा पुगेको हो ।
चुक्ता पूँजी २६ करोड ६५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १६ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्मा ९४ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्था मार्फत तीन अर्ब १० करोड ८६ लाख रुपैयाँ ऋण लिएर ४ अर्ब २९ करोड ७२ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।
चैत मसान्तसम्मा लघुवित्तले २५ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ६५.०७ प्रतिशतले धेरै हो । साथै लघुवित्तको सञ्चालन आम्दानी ७८.९४ प्रतिशले बढ्ेर १४ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रकाशित वित्तीय विवरण अनुसार लघुवित्तको निष्कृय कर्जा अनुपात ३.३८ प्रतिशत रहेको छ ।
लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ४३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९१ पैसा रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.७५ गुणा बढी छ ।