महुली लघुवित्तको नाफा २६७.१५ प्रतिशतले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा महुली लघुवित्तले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६७.१५ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले एक करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। लघुवित्तले ब्याज आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि भएसँगै जोखिम व्यवस्थापन बापतको रकम फिर्ता हुदाँ नाफा बढ्न टेवा पुगेको हो ।
चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २२ करोड १५ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्मा एक अर्ब २६ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट एक अर्ब ५७ करोड ६९ लाख रुपैयाँ ऋण लिएर तीन अर्ब २२ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिसम्ममा लघुवित्तले १५ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३८.९७ प्रतिशतले धेरै हो। साथै लघुवित्तको सञ्चालन आम्दानी १९५.१४ प्रतिशतले बढेर ९ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात २.२४ प्रतिशत रहेको छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १९८.९५ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ७८.४ गुणा छ ।