वोमी लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँभन्दा धेरैले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसानन्त सम्ममा वोमी लघुवित्तले १० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२७.३५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ४ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको ब्याज आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि हुँदा नाफा बढेको हो ।
चुक्ता पूँजी ४१ करोड १९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २४ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्मा एक अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस वोमी लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब २० करोड ४९ लाख रुपैयाँ ऋण लिएर ४ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिसम्ममा लघुवित्तले २२ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५.६४ प्रतिशतले धेरै हो । साथै लघुवित्तको सञ्चालन आम्दानी १२७.३५ प्रतिशले बढेर १७ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात १.९४ प्रतिशत रहेको छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ २२ पैसाले बढेर ३५ रुपैयाँ ११ पैसा कायम भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५१.४१ गुणा छ ।