सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५६ प्रतिशतले बढ्यो |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ५६.६५ प्रतिशतले बढाएको हो ।
गत अर्थिक वर्षको तेस्रो त्रैमासमा २२ करोड ४४ लाख रुपैयाँ रहेको खुद नाफा बढेर ३५ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकले ४० अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६५ करोड १८ लाख रुपैयाँ संञ्चित रहेको छ । यस्तै बैंकको वितरण योग्य मुनाफा २४ करोड २८ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ९५ पैसा र मुल्य आम्दानी अनुपात १३.१८ गुणा कायम छ ।