फाष्ट ट्रयाकको डिपीआर तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट | लागत अनुमान १११ अर्व
काठमाडौं । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ –तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ ।
डिपीआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने काठमाडौँ –तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले बताए ।
यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले नयाँ परामर्शदाताको छनोट गरेको हो । उक्त डिपीआर करीब १० करोड १५ लाख रुपैयाँको लागतमा तयार हुने छ । जुन भारतीय कम्पनी आइएल एण्ड एफएस्को मागभन्दा ५१ करोड रुपैयाँ सस्तो हो ।
खरीद सम्झौता भएको चार महिनाभित्रै उक्त कम्पनीले डिपीआर तयार गर्ने विश्वास दिलाएको बताइएको छ । औपचारिकरुपमा द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले डिपीआरका लागि परामर्शदाताको छनोट गर्न सफल भएको हो ।