हिमालय उर्जाको ९ लाख ९० हजार कित्ता आइपीओ आउदै |
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आइपीओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले हिमालयलाई ९ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि अब ९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।
हिमालय उर्जाकोे गत चैत २४ गते सम्पन्न साधारण सभाले २४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १४ लाख ८५ हजार कित्ता सेयर छुट्टाइएको छ ।
२०५६ सालमा स्थापना भएको यस कम्पनीले हाल रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा उपल्लो खिम्ती जलविद्युत आयोजना ९१२ मेगावाट र अपर खिम्ती जलविद्युत आयोजना ९७ मेगावाट विद्युत परियोजना निर्माण गरिरहेको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।