मेरो माइक्रोफाइनान्सको खुद नाफा २०० प्रतिशतभन्दा बढी बढ्यो |
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०० प्रतिशतभन्दा बढी बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले २९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिका तुलनामा २०९.४१ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीसँगै सञ्चालन मुनाफा उल्लेख्य बढेपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८१.८९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ९०.१८ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २१८.७८ प्रतिशत बढेको छ ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ५९ पैसा बढेर ३९ रुपैयाँ ५३ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९ रुपैयाँ ५३ पैसा पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १६.९४ प्रतिशत बढेर १ अर्ब रुपैयाँ पुगेको छ भने जगेडा कोष ६८.३३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १६६.८२ प्रतिशत, निक्षेप ५१.८१ प्रतिशत र कर्जा १३१.८५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.२० प्रतिशतविन्दु घटेर १.७ प्रतिशतमा सीमित भएको छ ।