सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरमा पल्सर |
काठमाडौँ । नेपालकको लोकप्रिय मोटरबाइक ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाई बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार पल्सर आगामी तिन बर्ष सम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ ।
नेपालकै प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगसँग सहकार्य गर्न पाएकोमा गौरवान्भित महशुस गरेको एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए ।
यो सहकार्यको मुख्य उद्देश्य नेपाली युवा तथा नेपाली खेलकुद क्षेत्रलाइ अन्तरराष्ट्रिय स्तरमा पुर्याउने रहेको गोल्छाले बताए । पल्सर स्पोर्टस् अर्वाडका माध्यमबाट पनि आफुहरुले खेलकुद क्षेत्रमा सहभागिता जनाइ रहेको उनले बताए ।