२ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्याउने रियलमीको लक्ष्य |
काठमाडौं । प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्डसेटिङ मोबाइल फोनको रुपमा देखिएको रियलमीले फाइभ जी विकास गर्ने प्रतिवद्धता जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्काई लिले खुला घोषणा पत्रद्वारा फाइभ जीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए । सीईओ लीले घोषणा पत्रमा नयाँ योजनाका रुपमा फाइभ जीको अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।
लीका अनुसार रियलमीले आफ्नो फाइभ जी प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्र पूर्ण रुपमा उच्च प्रदर्शनका साथ तथा ट्रेन्डसेटिङ डिजाइन सहितका सुलभ फाइभ जी उत्पादनहरुलाई ७० प्रतिशत ग्राहकमाझ पु¥याइ सक्ने लक्ष्य लिएको छ ।
पहिलो चरणमा भारत तथा दक्षिण एशिया र युरोपका बजारलाई प्राथमिकतामा राखि त्यस पश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका फाइभ जी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ । सीईओ लीद्वारा गरिएको खुला घोषणा पत्रमा ‘चुनौतीदेखि उन्नति’का लागि फाइभ जी अंगिकार गरिने उल्लेख गरिएको छ ।
आगामी २ वर्षमा ७० प्रतिशत प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पु¥याउने लक्ष्यसहित अघि बढेको लीले बताएका छन् । विशेष गरी भारत तथा दक्षिण एशिया र युरोपको बजारमा फाइभ जी उत्पादन पु¥याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।