नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका विशेषता |
काठमाडौं । नेपालमा ओपो एफ१९को विक्री शुरु भएको छ । “ट्रेन्ड सेटिङ” पुस्तालाई ध्यानमा राखेर डिजाइन गरिएको एफ१९ उच्च गुणस्तरीय स्मार्ट फोन भएको कम्पनीको दावी छ ।
एफ१९मा ब्रिलियन्ट स्क्रिन र पर्फमेन्स साथै चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भनेर ब्याट्री पर्फमेन्सलाई विशेष ध्यान दिएको छ ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले एफ सिरिजको डिजाइन आफ्नो दैनिक आवश्यकता पूर्तिका साथै जीवनमा सहजता प्रदान गर्ने प्रविधि सहितको ट्रेन्डी स्मार्ट फोन चाहने उपभोक्ताहरूका लागि गरिएको बताए ।
सुपर स्मूथ परफरमेन्स
खेल होस् वाकाम, हरेक क्षेत्रमा उच्च उपलब्धि चाहने प्रयोगकर्ताहरु लाई ध्यानमा राखि यो फोनको डिजाइन गरिएको छ । फोनमा लामो समयसम्म चलाउँदा पनि ल्याग हुन नदिने प्रोसेसरको प्रयोग गरिएको छ । एफ१९मा स्मूथ परफरमेन्सको सुनिश्चितताका लागि क्वालकम स्न्यापड्रागन ६६२ चिपको प्रयोग गरिएको छ । फोनमा ६ जीबी र्याम र १२८ जीबी रोमको ब्यवस्था रहेको छ । दिनभरको चिन्ता रहित प्रयोगका लागि फोनमा ५ हजार एमएएच ब्याट्रीका साथै फास्ट चार्ज प्रविधि पनि उपलब्ध छ । चार्जिङका लागि लाग्ने समयमा सक्दो कटौती होस् भन्ने सोचकासाथ फोनमा ११भीथ्रीए सोल्यूशनका साथमा मात्र७२ मिनेट मै पूर्ण चार्ज वा ३० मिनेटमै ५४% चार्ज भर्ने क्षमता सहितको ३३वाट फ्ल्याशचार्ज प्रविधि पनि दिइएको छ । साथै, समय नहुँदामात्र ५ मिनेटको चार्जबाटै प्रयोगकर्ताले ५.७३ घण्टा कलिङ, १.३७ घण्टा ईन्स्टाग्राम र १.८१ घण्टा यूट्यूबको मज्जालिन सक्छन् ।
उत्कृष्ट शट्स
ओपो एफ१९ले प्रयोगकर्तालाई फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रकाअत्याधुनिक प्रविधिहरुको मज्जालिने अवसर प्रदान गर्छ । फोनमा जडित ४८एमपी मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामेरा मार्फत प्रयोगकर्ताले स्पष्ट सेल्फी तथा उत्कृष्ट भिडियो रचनात्मकता झल्काउँदै खिच्न सक्छन् । मेन क्यामेराका साथै फोनमा २एमपी डेप्थ क्यामेरा र २एमपी माक्रो क्यामेरा पनि जडान गरिएका छन् । आफ्ना पोट्रेट्स, डेलीलाईफ, टेक्स्चर लगायत आफ्ना शट्सलाई अझ आकर्षक देखाउन फोनमा १५ आकर्षक फिल्टर्सको ब्यवस्थापनि रहेको छ । तस्विरमा अझ सटिक परिमार्जनका लागि एफ१९माएआई सिन ईन्ह्यान्समेन्ट फिचरको ब्यवस्था पनि छ । रातको समयमा खिचिएका तस्विरमा स्पष्टता प्रदानगर्न यसमा नाइट मोडपनि दिइएको छ ।
एफ१९मा सेल्फीकालागि १६एमपीएआई सेल्फीक्यामेरा जडान गरिएको छ । यसले परिवेश अनुसारको प्रकाश समायोजनका साथै स्किन टचअप तथा मानिसमा रहेका प्राकृतिक सुन्दरता झल्काउन सघाउन हल्का मेकअप ईफेक्ट पनि प्रदान गर्छ ।
ओपो एफ१९मा भिडियो फिल्मिङ तथा एडिटिङका लागि विभिन्न फिचर्स पनि उपलब्ध छन् । यसमा जडित रियर क्यामेरा मार्फत १०८०पीवा७२०पीको स्टिडी भिडियो ३० एफपीएस सहित खिच्न सकिन्छ । त्यसैगरी, यसमा रहेको स्लोमोले भिडियोमा हल्का नाटकियपन थप्न १२०एफपीएसमा७२०पीको स्लो मोशन भिडियो खिच्ने क्षमता राख्छ । त्यसैगरी, भिडियो सम्पादनमा सघाउँदै स्वचालितरुपमा सामाजिक सञ्जालमा सहजै उत्कृष्ट भिडियो शेयरिङमा सघाउने सोलुप फिचर पनि फोनमा उपलब्ध छ ।
आकर्षक स्लिक बडी
शक्तिशाली प्रोशेसर र ठूलो ब्याट्री भएता पनि ओपो एफ१९ले सबैलाई स्लिम, वेलक्राफ्टेड, आकर्षक बडी डिजाइनमा समाहित गर्न सफल देखिन्छ । परफरमेन्सका साथै यसमा रहेको थ्रीडी कभ्र्ड ग्रिपले प्रयोगकर्तालाई फोन बोक्दा पनि उत्तिकै सहजता र आरामदायिताको अनुभवप्रदान गर्छ । फोनको चौडाई जम्मा७.९५एमएम र वजन १७५ ग्राम रहेको छ । यसमा प्रयोग गरिएको डाई कास्टिङ आलुमिनियम अलोइ प्रविधिका कारण मदरबोर्डको सबैभन्दा चौडा भाग समेत जम्मा ०.२१एममम चौडाईको रहेको छ ।
फोनमा रहेका तीन क्यामेरालाई कम्पनीले अधिकांश फ्ल्यागशिप स्मार्टफोन्समा पाईने अत्याधुनिक डिजाइन ट्रेण्डलाई दृष्टिगत गर्दैै रेक्ट्यांगुलर ओरियन्टेशनमा समायोजन गरेको छ । क्यामेराको डेकोरेटिभ पिसमा पछिल्ला पुस्ताका तुलनामा थप परिमार्जित साना कोणका गोलाकार कर्नर सहित डिजाइन गरिएको छ । साथै, यी डेकोरेटिभ रिंगले सुदृढ टेक्स्चरका साथै फोनलाई प्रिमियम लुक प्रदान गरेको छ । एफ१९ प्रिज्मब्ल्याक र मिडनाइट ब्ल्यू गरी दूई आकषक रंगमा उपलब्ध गरिएको छ । यसको मिडल फ्रेमको निर्माणमा प्रयोग गरिएको भ्याक्यूम प्लेटिङ प्रक्रियाले फोनको प्रिमियम, मेटालिक अझ सुन्दर र सार्पर देआउन सघाएको छ ।
ओपो एफ१९मा अल्ट्राहाई रेजोल्यूशन सहितको एमोलेड एफएचडी+ पञ्चहोल डिस्प्लेको प्रयोग गरिएको छ । यसमा उपलब्ध गरिएको अलडे केयर फिचरको सुविधाले प्रयोगकर्ताका आँखालाई गेमिङ वा भिडियोको मज्जालिई रहेका बखतमा समग्र सुरक्षाप्रदान गर्छ ।
ओपो एफ१९मादिइएको ९०.८% अल्ट्राहाई स्क्रिन टू बडी रेसियो सहितको १६.३४ सीएम स्क्रिनले २४०० × १०८० पी रेजोल्यूशन दिन्छ । स्क्रिनले ओगट्ने स्थानमा कमी हुन नदिन यसमा एकदमै पातलो १.६०एमएम बेजल सहितको ३.६८८एमएपञ्च होल क्यामेराको प्रयोग गरिएको छ । क्यामेरा बेजलको चारैतिर फोन उठाउँदा तथा फ्रण्ट क्यामेराको प्रयोग गर्दा लाइट फाल्ने, होल पञ्च लाइट रिंग जडान गरिएको छ । यसले गर्दा प्रयोगकर्ताले ठूलो स्क्रिनमा आफूलाई मनपर्ने टीभी शो वामोबाइल गेमको पूर्ण मज्जालिन सक्छन् । साथै, फोनमा प्रयोगकर्ताको सहजताका लागि ईन डिस्प्ले फिंगरप्रिन्ट ३.०पनि दिइएको छ ।
ओपो एफ१९माप्रयोगकर्ताका आँखाको सुरक्षार्थ समय तथाप्रयोग संगै स्वचालितरुपमा स्क्रिन ब्राइटनेश मिलाउने क्षमता बोकेको एआई स्मार्ट ब्याक लाइटको ब्यवस्था गरिएको छ । त्यसैगरी, यसमा रहेको डीसी डिमिङले स्क्रिनको ब्राइटनेस २०४८ डिमिङ लेभलसम्म समायोजन गर्दै स्क्रिन फ्लिकरिङ हुन रोक्छ ।
सुरक्षित आनन्ददायी अनुभव
ओपो एफ१९माशक्तिशाली ब्याट्रीका साथै प्रयोगकर्ताको गोपनियताको सुरक्षा तथा फोनको अवस्था सही राख्न समेत सघाउने फिचर्सहरुको राम्रो प्रबन्ध मिलाइएको छ । ब्याट्री सकिने चिन्ताबाट जोगाउन फोनमा सुपर पावर सेभिङ मोडको ब्यवस्था गरिएको छ । यसले ब्याट्री लामो समयसम्म टिकाउन अनावश्यक प्रोशेसहरु बन्द गर्दै सीपीयू फ्रिक्वेन्सी तथा एप्सका ब्याकलाइट समायोजनमा सघाउँछ । उदाहरणका लागि फोनका म्यासेजिङ एपहरु डार्कमोडमा स्विट्च हुन्छन् । जसले गर्दा मात्र ५% ब्याट्री बाँकी रहँदापनिप्रयोगकर्ताले २.७ घण्टाको टक टाइम, १.३ घण्टा ह्वाट्सएप लगायत प्रयोग गर्न सक्छन् ।
राती फोन चार्ज गर्न बिर्सिने चिन्ताले कुनै न कुनैबेला हामी सबैलाई पिरोलेको याद गर्नुस् त । यसको समाधानका रुपमा ओपोले सुपर नाइटटाइम स्ट्याण्डबाई मोडको ब्यवस्था गरेको छ । यो मोडले प्रयोगकर्ताका सुत्ने बानीका बारेमा जानकारी राख्दै ८ घण्टाको स्ट्याण्डबाई समयमामात्र २% ब्याट्री खपत गर्छ । त्यसैगरी रातभर फोन चार्जमा राख्दाफोन तात्ने सम्भावनाबाट जोगाउन यसमा एआई नाइट चार्ज फिचरको ब्यवस्था छ । यो फिचरले फोनलाई ८०%सम्मचार्ज गरिसके पछि स्वचालितरुपमा बाँकी चार्जका लागि प्रयोगकर्ता उठ्नु ठिक ६० मिनेट अघि पूणः चार्जिङलाई निरन्तरता दिन्छ । फोनले प्रयोगकर्ताको सुत्ने समय अनुसार आफूलाई समायोजन गर्दै सुतिरहेको बखतमा चार्जिङका कारण हुन सक्ने सम्भावित खतराको चिन्ताबाट समेत राहत दिन्छ । साथै, तापमानको नियन्त्रणका लागि फोनमा ग्राफाइट ट्यूब्सको पनिप्रयोग गरिएको छ । यसले तापक्रम नियन्त्रणमा सघाउनुका साथै ब्याट्रीका आयू समेत लम्ब्याउन सघाउँछ ।
फोनमा प्रयोग गरिएको कलरओएस ११.१ले प्रयोगकर्ताका ब्यक्तिगत डाटा तथा गोपनियताको सुरक्षार्थ फोनमाएप लक, प्राइभेट सेफ लगायत फिचर्स पनि उपलब्ध गरिएका छन् । ओपो एफ१९मालो ब्याट्री एसएमएस, अलसिनेरियो एसओएस, एसओएस सिग्नल लाइट लगायत अन्य सुरक्षा फिचर्स पनि उपलब्ध छन् ।
ओपो एफ१९मा फोनलाई ल्यागहुने समस्याबाट जोगाउन क्वालकम स्न्यापड्रागन ६६२को ब्यवस्था गरिएको छ । साथै सामाजिक सञ्जालतथा गेमिङमा ब्यापक मज्जाका लागि ट्यापिङ र स्वापिङ प्रतिक्रियामा तिब्रताका लागि यसमा हाईपर बुस्ट फिचर पनि दिइएको छ । त्यसैगरी, पूर्णरुपमा गेमिङको मज्जाबिना रुकावत लिन चाहनेहरुका लागि गेम फोकस मोडको ब्यवस्था छ । यसले ईनकमिङ कल्स ब्लकगर्दै नोटिफिकेशले ध्यान भंग हुन दिँदैन । तर, अत्यावश्यक म्यासेज आउने सम्भावनाहुने हरुले छानिएका केही एप्स मार्फत मात्र क्रिटिकल नोटिफिकेशन तथ म्यासेज, गेम स्क्रिनमाथि प्रेशित गराउनबुलेट नोटिफिकेशन र गेम फ्लोटिङ विन्डो फिचरको प्रयोग गर्न सक्छन् ।
बजार उपलब्धता
ओपो एफ१९ प्रिजमब्ल्याक र मिडनाइट ब्ल्यू गरी दूई आकर्षक रंगमा नेपाली बजारमा उपलब्ध गरिएको छ । ६ जीबी ¥याम र १२८जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक यसको मूल्य रु. ३४ हजार ५ सय ९०निर्धारण गरिएको छ ।