ग्लोबल आइएमई र स्पर्श लघुवित्तको एकीकृत कारोबार वैशाख ८ बाट |
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई एक्वायर गरेर वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।
दुवै एक भएपछि अब ग्लोबल आइएमई लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहनेछ । दुवै कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।