लुम्बिनी जनरल इन्सुरेन्सले गर्यो लाभांश घोषणा |
काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो । नियामक निकाय र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
यसर्थ, कम्पनीले ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, सोही रकम नगदमा खर्च हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।