असोज महिनाभरि माछापुच्छ्रे महोत्सव | बैंकिङ अनुभूति गराउने खालका सेवा सुविधा र छुट
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असोज महिनाभरि देशभर रहेका शाखाहरूमा ‘माछापुच्छ्रे महोत्सव’ सञ्चालन गरिरहेको छ । बैंकले आफ्नो बैंकिङ कारोबार शुरू गरेकोे १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा सो उत्सव सञ्चालन गरेको हो ।
१८औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकका सम्पूर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभूति गराउने बैंकले जानकारी दिएको छ ।
महोत्सवका अवसरमा बैंकले ग्राहकहरूलाई निःशुल्क डेबिट कार्ड÷इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा ५० प्रतिशत छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५० प्रतिशत छुट र रिटेल कर्जा सेवा शुल्कमा ०.१८ प्रतिशत छुटलगायत विभिन्न सरप्राइज गिफ्टहरू पनि प्रदान गर्ने बताएको छ ।
असोज महिनाभरी जारी रहने उक्त महोत्सवमा सर्वसाधारणहरूलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरूको लाभ लिन आव्हान गरेको छ ।