बीएफआईएनले ५५ हजार कित्ता आईपीओ जारी गर्ने |
काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले अधिकतम ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।
बिहिबार बीएफआईएनले एनआईसी एशिया क्यापिट लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै सेयर निष्कासनको घोषणा गरेको हो । कम्पनीले एकसय रुपैयाँ अंकित ५५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ ।