सस्तियो रियलमी सी १५ को फोनको मूल्य, अब कति ? |
काठमाडौं । छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो उपस्थित जनाउँदै गएको रियलमीको सी १५ फोनमा अल्ट्रा–लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषता रहेका छन् ।
पहिलोपटक १८ वाटमा पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्रीको एकीकृत प्रयोग गरिएको रियलमीसी १५ अब नेपालीबजारमामात्र रु १८हजार ५९० माउपलब्ध छ ।
यसबाहेक रियलमी सी–१५ माजियो मेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६.५ इन्चको एलसीडी फुलस्क्रिनका साथ वडी र स्क्रिनको उच्च अनुपात रहेको तथा यसमा अल्ट्रावाइड क्वाड (४ वटा लेन्स भएको) क्यामेराको विशेषता रहेको छ, जसले रियलमीको ‘चुनौतीदेखि उन्नति’सम्मको नारालाई युवा पिढी माझ थप सशक्त र स्मृतियोग्य बनाउनुका साथै स्मार्टफोनको क्षेत्रमा नयाँ ट्रेन्ड सेटिङ उपस्थिति जनाएको छ ।
रियलमी विश्वभरका ७ करोड स्मार्ट फोन प्रयोगकर्ताको सूचिमा ७ औँ स्थानमा पर्दछ र अहिले सबैभन्दा तीव्र रुपमा विश्वमा बजार विस्तार गरिरहेको स्मार्ट फोन ब्राण्ड हो ।
युवाहरू माझ एकदमै रुचाइएको यस मोबाइल फोन कम्पनीले प्रयोगकर्ताको आग्रहलाई विशेष प्राथमिकतामा राखेर लगातार अनुकूल हुने गरी यसको संस्करनात्मक सुधार गर्दै गएको छ ।
अद्भूत गुणस्तरीय उत्पादन, शानदार ब्याट्री र उत्कृष्ट अल्ट्रा लार्ज डिस्प्ले र आकर्षक डिजाइनका साथ रियलमी सी सिरिजको मोबाइल फोन इन्ट्रीलेभलमा सर्वोत्तम विकल्प बन्न पुगेको छ ।
६ हजार एमएएच रहेको अल्ट्रा–लंग मेगा ब्याट्री
स्मार्ट फोनको प्रयोगको अनुभवलाई शानदार बनाउन ब्याट्री कति टिक्छ भन्ने महत्वपूर्ण हुने भएकोमा रियलमी यसलाई व्यवस्थित उत्कृष्ट बनाउन निरन्तर सक्रियताका साथ लागि परेको छ ।
यसैकारण कम्पनीले आफ्नो रियलमी सि–१५ को मोबाइल फोनमा ६ हजार एमएएच मेगा ब्याट्री र १८ वाट तीव्र चार्जिङ विशेषता राखेको छ, जसले एक पटकको चार्जमा ४४ घण्टासम्म निरन्तर फोन कल र २६.८ घण्टा निरन्तर युट्युब हेर्न सकिन्छ र ४८ दिनसम्मका लागि फोन स्ट्यान्डबाइ रहन सक्छ ।
रियलमी सी–१५ मा सुपर पावर सेभिङ मोड समेत रहेको छ जसले ६वटा साझा एपको प्रयोगमार्फत तपाईँको फोनको आधारभूत कार्य क्षमता यथावत राख्न मद्दत गर्दछ । सुपर पावर सेभिङ मोडमा फोन सामान्य अवस्थाको ५ प्रतिशत मात्र ब्याट्री खपत गरेर निरन्तर २.५ दिनअथवा २.४८ घण्टासम्म फोन कल गर्न सकिने सुविधा रहेको छ ।
यसैगरी रियलमी सी–१५ माक्विक फ्रिज एपको पनि विशेषता थपिएको छ जसले ब्याक ग्राउन्ड एपको ब्याट्री प्रयोग घटाउने, स्क्रिन ब्याट्री अप्टीमाइजेशनले डिस्प्लेका इफेक्ट कम गरी फोनको स्थिरता कायम गर्ने र स्लीप स्ट्यान्डबाइ अप्टी माइजेशनले न्यून मोडमा पनि फोन चलाउन सकिने जस्ता विशेषताहरू रहेका छन् जसले गुणस्तरीय ब्याट्रीको प्रत्यानुभूति ग्राहक वर्गलाई प्रदान गर्दछ ।
प्रविधिमा ठूला ब्याट्रीको प्रयोग गर्दा सुरक्षालाई पनि त्यति नै ध्यान दिन जरुरी हुन्छ । रियल मी सी–१५ मा केबल हार्ड-कोर फायर प्रुफ मेटेरियलले बनेको ब्याक कभर मात्रै छैन, यसमा पावर अनुगमन सेन्सर तथा ताप अनुगमन सेन्सर पनि रहेको छ जसले स्मार्टफोनको थर्मल अवस्थालाई स्वचालित रूपमा मूल्यांकन गरेर निगरानीगर्ने काम गर्छ ताकि प्रयोगकर्ताहरुमा दैनिक प्रयोजनमा प्रयोग हुने मोबाइलको ब्याट्री विस्फोट हुने वा अन्य दुर्घटना हुनसक्ने त्रास यसमा रहन्न ।
ओटीजी डेटा केबल उपयोगको माध्यमद्वारा रियलमी सी १५ ले मोबाइलफोन र अन्य केही एआइओटी उत्पादन चार्ज गर्न सक्ने सामथ्र्य पनि राख्दछ । किनभने यसमा मेगा ब्याट्रीको प्रयोग गरिएको छ । रियल मी मा भएको १८ वाट तिब्र चार्जले ३० मिनेटमा १५ सय एमएएचपी ब्याट्रीमा २५ प्रतिशत चार्ज गर्न सकिन्छ ।
दैनिक प्रयोजनमा गुणस्तरीय
विशेषगरी रियलमीले युवा पिढीँलाई लक्षित गरी रियलमी सी–१५ निर्माण गरेकोले यसमा वास्तविक उत्कृष्ट बनावट र‘पावर व्लु’(नीलो)तथा ‘पावर सिल्भर’(चाँदी) गरी २ भिन्न रङमा यसलाई प्रस्तुत गरेको छ । यी रङहरु अनन्त निलो समुद्र र उडिरहेका समुद्री चराहरुबाट प्रभावित भएको कम्पनीको भनाइ छ ।
यो फोनमा छिटो प्रतिरोध गर्ने प्रविधि रहेको छ । दैनिकप्रयोग गर्दा फोहोरबाट हुने समस्याबाट बचाउन डस्ट प्रुफ डिजाइन गरिएको छ । यस फोनमा दैनिक प्रयोजनमा प्रयोग हुने एयर फोन, युएसबीहरु लाग्ने पोर्टहरुमा सिलिकोनले बन्द गरिएको छ ।
स्क्रिन माथी रहेको स्पीकरलाई धुलो प्रतिरोध बनाइएको छ जसले गर्दा फोन कलको गुणस्तर कायम रहन्छ । फोनलाई चौतर्फी अझै मजबुत बनाइएको छ ता कि स्क्रिन चर्किने समस्या कम रहोस् । कम्पनीले निर्माणपछि बजारमा पठाउनुअघि हरेक रियलमी फोनलाई दह्रो जाँच र परीक्षण गरी उत्कृष्ट गुणस्तर प्रमाणित गर्ने गरेको छ ।
६.५ इन्चकोमिनी ड्रपडिजाइन सहितएआई क्वाड क्यामेरा
कम्पनीले मोबाइलमा ६.५ इन्चको मिनीड्रप डिजाइनमा क्वाड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । ६.५ इन्चको स्क्रिनका कारण यसमा खिचिएको भिडियो एकदमै उत्कृष्ट हुन्छ । यसमा रहेको स्न्याप ड्रागन४६० ८—कोर प्रोसेसरले गर्दा दैनिक प्रयोजन हुने एप वा गेम निर्बाध चल्छ ।
यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा होस् वा युट्युबमा भिडियो हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ ।
यस फोनमा पछाडि पट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ । यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पी मा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा प्रदान गरेको छ भने यसमा फोटो, एआई ब्युटी लगायतका सुविधा प्रदान गरेको छ ।
मूल्य घटेपछि रियलमी सी १५ फोन अब बजारमा मात्रै रु. १८ हजार ५९० माउपलब्ध रहेको छ ।