सामसङको ‘सुरुवात नयाँ उत्साहको’ योजना सार्वजनिक |
काठमाडौं । सामसङ नेपालले नयाँ वर्ष २०७८ को अवसरमा ‘सुरुवात नयाँ उत्साहको’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले टीभी, रेफ्रिजेरेटर तथा वासिङ मेसिनको खरिदमा ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सामसङ नेपालले जनाएको छ । यस अवसरमा कम्पनीले निश्चित प्रोडक्टको खरिदमा निःशुल्क जडान सुविधा पनि प्रदान गर्ने छ।
योजनाअन्तर्गत कम्पनीले नेपाली बजारमा वासिङ मेसिन पनि ल्याउने जनाएको छ । सामसङले आफ्नो टीभीहरूमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा) वारेन्टीका साथ बजारमा ल्याएको जनाएको छ । त्यसैगरी, कम्पनीले विभिन्न रेफ्रिजेरेटर तथा वासिङ मेसिनमा भने १० वर्षको वारेन्टी दिएको छ ।
यहि चैत १९ गतेदेखि जारी योजना ११ जेठ, २०७८ सम्म लागु हुने कम्पनीले जनाएको छ। योजना नेपालभर रहेका सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको डिलर नेटवर्कमा मात्र लागु गरिएको कम्पनीले जनाएको छ।