सिटिजन्स बैंकको नयाँ शाखा थानकोटमा |
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा फेरि अर्को शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सोमवार उद्घाटन गरेका हुन् ।
‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई आत्मसात् गर्दै आफ्ना ग्राहकलाई समयसुहाउँदो आधुनिक बैंकिङ सेवा पु¥याउँदैै आएको उक्त बैंकको यो ८०औं शाखा हो । यो शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गरिनुका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता उक्त शाखाका प्रबन्धक ध्रुव सुवेदीले व्यक्त गरेका छन् ।
हाल उक्त बैंकले ८० वटा शाखा, ७३ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाइमार्फत करिब ३ लाख ५० हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।