लुम्बिनी विकास बैंकमा नयाँ सञ्चालक समिति |
काठमाडौं । लुम्विनी विकास बैंक लिमिटेडल आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । बैंकको १०औं वार्षिक साधारणसभाले संस्थापक समूहबाट सुशीलराज पराजुली, चिन्तामणि भट्टराई र रूप ज्योति तथा सर्वसाधारणको तर्फबाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकुमार आचार्यलाई सर्वसम्मत रूपमा सञ्चालकमा चयन गरेको हो ।
हाल २२ अर्ब १८ करोड निक्षेप तथा १८ अर्ब ३८ करोड ऋण लगानी रहेको यस बैंकले गतआवमा ४० करोड १७ लाख मुनाफा आर्जन गरेको थियो ।
बैंकले ६५ शाखा कार्यालय, १२ एटीएम काउण्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको चुक्ता पूँजी २ अर्ब १७ करोड तथा जगेडा कोषमा १ अर्ब १४ करोड रुपैयाँ रहेको बैंकले बताएको छ ।