ओपोको तीव्र गतिको चार्जिङ प्रविधि भोकका यस्ता छन् विशेषता |
काठमाडौं । फास्ट चार्जिङको कुरा गर्दा ओपोको भोक फ्ल्यास चार्ज प्रविधिलाई स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिका रुपमा लिइन्छ । यसले साधारणतया ३ हजार एमएएचको ब्याट्रीलाई मात्र ३० मिनेटमै ७५ प्रतिशतसम्म चार्ज गर्ने क्षमता राख्छ । यस्तो चार्जिङ क्षमता अहिले बजारमा आएका स्मार्ट फोनको तुलनामा उत्कृष्ट छ ।
स्मार्टफोनको बहुआयामिक चारित्रिक विशेषताका कारण अहिले यसको पहिचान फोन गर्ने वा उठाउने तथा सन्देश पठाउने साधनका रुपमा मात्र सिमित छैन । दैनिक प्रयोजनमा यसको निरन्तर उपयोगिता बढदै गई रहेको छ । जसले गर्दा अहिले स्मार्टफोनको ब्याट्रीलाई पनि यसको एक प्रमुखअंगका रुपमा लिइन्छ । साधारणतया ठूला ब्याट्री भएका फोन स्वभाविक रुपमा लामो समयसम्म टिक्छ । तर, तिनलाई पूर्ण रुपमाचार्ज गर्न समय पनि उत्तिकै लाग्छ । यही समस्याको समाधानका लागि विभिन्न फास्ट चार्जिङ प्रविधिहरु विकसित भैरहेका छन् ।
हालै सार्वजनिक ओपो एफनाइनलाई मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टकटाइम प्राप्तगर्न सकिन्छ । तर, वास्तवमाभोक प्रविधि के हो त ? के यो सुरक्षित छ ? जस्ता प्रश्नहरु उपभोक्ताहरु माझ सुनिने गरेको छ । यस्तै प्रश्नको समाधान दिने सोचका साथ हामीले यस सरल ईन्फोग्राफिमार्फत जानकारी दिने प्रयास गरेका छौँ ।